close

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र : आयोग

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र : आयोग

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगले पर्सि मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य लिएको जनाएको छ। प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगले कार्ययोजना बनाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

प्रमुख आयुक्त कुमार थपलियाका अनुसार सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ । "तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ," थपलियाले भने।

मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको पनि उनले बताए।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ। यो चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन्। मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।