close

बैदेशिक रोजगारीमा विदेशीएको बाबुसम्पर्क विहिन भएपछि...

बैदेशिक रोजगारीमा विदेशीएको बाबुसम्पर्क विहिन भएपछि...

Trulli
ADVERTISEMENT

काठमाडौं- वैदेशिक रोजगारीमा विदेशीएका आफ्ना बाबु सम्पर्कबिहीन भएपछि परिवारमाथी आइपरेका अनेक कष्ट समावेश गरिएको नाटक 'गीता' हेरिरहेका राजनीतिक दलका प्रतिनिधि र अन्य सहभागीहरु स्तब्ध भए । नाटक मेलाको उद्घाटन सत्रमा ग्लाडस्टोन एकेडेमी भक्तपुरका प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटक ‘गीता’ को पहिलो मञ्चन गरिएको थियो । सबैतिर राजनीति हावी भएकैले सामाजिक विकासमा एकरुपता आउन नसक्दा यस्ता खालका दुःख, पीडा जनताले खेप्नुपरेको उपस्थित राजनीतिक दलका नेताले नै स्वीकारेका छन् । 

शुक्रबारबाट सुरु भएको दोश्रो राष्ट्रिय बाल नाटक मेलाको राष्ट्रिय नाचघरमा उद्घाटन गर्न पुगेका कांग्रेस नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले राजनीतिक नेतृत्वसँग सबैको अपेक्षा हुनु स्वाभाविक भएपनि सबैतिर राजनीतिक प्रभाव जमाउन खोज्नु गलत रहेको बताए । 

नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ एवम् नाट्य विभाग प्रमुख हिसान मगर, सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक दीपक सरकार, नाट्यकर्मी  चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले महासंघले बाल नाटक मेलालाई निरन्तरता दिनु महत्वपूर्ण भएको उल्लेख गर्दै बालबालिकाको प्रतिभा प्रष्फुटनको लागि यस्ता मञ्चहरु निर्माण गर्नु र त्यसलाई निरन्तरता पनि चुनौतीपूर्ण रहेको बताए ।

नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटक मेलाको माध्यमबाट असल, चेतनायुक्त नागरिक र समाज निर्माणको लागि पहल गरेको बताए । 
नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलामा देशभरका ११ वटा विद्यालयका नाटक फागुन २७ गतेसम्म प्रस्तुत हुनेछ । 

बाल नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर वल्र्ड, क्याम्ब्रिज काठमाडौं, नेपाल मेडिकल कलेज, नेपाल एयरलाइन्स, एभरेष्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, इजि केयर, सारा इन्टरनेशनल एयरहोस्टेज एकेडेमीले प्रायोजन गरेका छन् । निजी तथा आवासिय विद्यालयहरुको अर्गनाइजेशन प्याब्सन नेपालको सह–आयोजनामा बाल नाटक मेला गरिएको आयोजकले जनाएको छ ।