close

प्रभातफेरि एवं अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनायो मध्यपुरथिमि नगरले

प्रभातफेरि एवं अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनायो मध्यपुरथिमि नगरले

Trulli
ADVERTISEMENT

काठमाडौं । संविधान दिवसको अवसरमा मध्यपुरथिमि नगरपालिकाले प्रभातफेरि एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मध्यपुरथिमि नपा–४ बालकुमारी मन्दिरबाट सुरु भएको प्रभातफेरि दथुटोल, निःगुपुखुः (दुई पोखरी) हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजार हुँदै मध्यपुरथिमि नगरपालिकाअगाडि एक पार्टी प्यालेसमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।

नगरपालिकाका जनप्रतिनिधि, नगरका विभिन्न सामाजिक सङ्घसंस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारी, प्रहरीको सहभागिता थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय तहले संविधानको मर्म र भावनाअनुरुप संविधानको कार्यान्वयन गर्दै जनताको घरआँगनमा सरकार भएको अनुभूति दिनसक्नुपर्ने बताए । 

उनले नगरपालिकाले संविधानले दिएको अधिकारअनुसार नगरवासीको हितमा काम गर्दै आएको बताउँदै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको पहुँच वृद्धि गर्न नगरपालिका लागिरहेको बताए । 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले आमनागरिकलाई संविधानले दिएको अधिकार र यसको प्रयोगबारे सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याउँदै हजारौँको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै यसकोे अक्षरशः पालनामा लाग्नुपर्ने बताए ।