close

निर्वाचनको लागि आइतबार र सोमबार सार्वजनिक विदा

निर्वाचनको लागि आइतबार र सोमबार सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

काठमाडौँ । सरकारले आगामी मंसिर ४ र ५ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

सूचना अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सो विदा दिएको हो । 

निर्वाचनको मतदान स्थल  रहेका शिक्षण संस्थाहरु भने मंसिर २ गतदेखि नै विदा हुने सो सूचनामा उल्लेख गरिएको छ ।