close

नेप्से परिसूचक ४६ अंकले घट्दा ३ अर्बको कारोबार

नेप्से परिसूचक ४६ अंकले घट्दा ३ अर्बको कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ४६ अंकले घटेको छ । 

आज नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा झरेको छ भने सेन्सेटिभ ८.७१ अंकले घटेको छ । 

मंगलबार सेयर बजारमापक नेप्से परिसूचक घट्दा २ अर्ब ९६ करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता सेयर ४९ हजार पटक करोबार हुँदा उक्त रकम बराबरको किनबेच भएको हो 

सबै सूचकहरु राताम्मे भएका छन् । बैंकिङ १७, विकास बैंक १००, फाइनान्स ५६, होटल तथा पर्यटन ७८, जलविद्युत् ५२, लगानी २, जीवन बीमा २१५, उत्पादन १४५, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा २३९, अन्य ६० र ब्यापार उपसमूह ८५ अंक घटे ।
 
आज बजार घटे पनि सिवासिए लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको प्रोमोटर सेयर कारोबार भएको छ । दोस्रो धेरै कारोबार गर्नेमा अरुण काबेली रहेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा घलेम्दी हाइड्रोपावर ६.६० प्रतिशत र दिव्यश्वरी हाइड्रोपावर ५.९२ प्रतिशत घटेको छ ।