close

राष्ट्रिय झण्डा पूजामा भेडाको बलि !

राष्ट्रिय झण्डा पूजामा भेडाको बलि !

Trulli
ADVERTISEMENT


पोखरा– कास्कीको मादी गाउँपालिकाले घटस्थापनाको अवसरमा भेडाको बलि दिएर राष्ट्रिय झण्डको पूजा गरेको छ ।

 

गाउँपालिका सुरु भएकै समयदेखि प्रत्येक वर्ष घटस्थापनाको दिन हिमाली क्षेत्रमा हुर्किएको भेडाको साढेलाई बलि दिएर पूजा गर्दै आएको छ ।

 

गाउँपालिकाले कार्यालयले दशैंको अवसर पारेर नेपालको नयाँ झण्डा राखेको छ । झण्डा पूजापछि चाडबाडको शुभकामना आदानप्रदान समेत गरिएको छ ।

 


कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्रीले संघीयतापछि गाउँगाउँमा विकासको लहर सुरु भएको बताए । अहिले आधारभुत तहमा रहेकोले केही समयपछि विकासको प्रत्यक्ष लाभ जनताले पाउने उनको भनाई छ ।


‘हिजो स्थानीय सरकार आउनुअघि मादीको अवस्था कस्तो थियो र आज अवस्था के छ ?,’ उनले भने, ‘मादी कास्कीकै विकट कर्णाली क्षेत्र जस्तो हो । अब यो ठाउँपनि विकासले बल्न थालेको छ ।’


जिल्ला समन्वय समितिको सहयोगमा मादी गाउँपालिकाभित्र मात्रै झोलुङ्गे पुल, पक्की पुल निर्माण सकिएको छ भने थप पक्की पुलको पहल भइरहेको उनले बताए । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले अहिले कोभिडको महामारीका बेला पनि आफूहरुले परम्परालाई निरन्तरता दिएको भन्दै झण्डा पूजा निरन्तर गरिरहने बताए ।


सोही अवसरमा मादी ७ मा २३ वर्षसम्म करार दरबन्दीमा सेवा गरेका कर्मचारी मीनबहादुर गुरुङलाई विदाई गरिएको छ । उनलाई दोसल्ला, सम्मानपत्र र नगद ४५ हजार रुपैयाँ प्रदान गरिएको हो ।