close

कोरोनाबाट वडा सदस्य परियारको निधन

कोरोनाबाट वडा सदस्य परियारको निधन

Trulli
ADVERTISEMENT


बाँके - कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा पहिलो पटक एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं‍- २ का वडा सदस्य शान्तिदेवी परियारको उपचारका क्रममा भेरी अस्पतालमा सोमबार मृत्यु भएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।


नेपालगन्ज घरबारी टोलकी ६७ वर्षीया परियारलाई ४ कात्तिकमा भाइरस संक्रमण पुष्टि भएको थियो ।


उनको उपचारका क्रममा सोमबार बिहान १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।