close

हवलदारपुलमा खुल्यो ह्याप्पी वर्ल्ड फनपार्क

हवलदारपुलमा खुल्यो ह्याप्पी वर्ल्ड फनपार्क

Trulli
ADVERTISEMENT

बाँके - बाँकेको कोहलपुर नगरपालिका हवलदारपुरमा ह्याप्पी वर्ल्ड फनपार्क सञ्चालनमा आएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्र भागमा रहेको कोहलपुरको हवलदारपुरमा निर्मित अत्याधुनिक फनपार्क सोमबारदेखि सञ्चालनमा आएको हो ।


उक्त फनपार्क नेपालगन्ज–कोहलपुर सडक सञ्जालसँग जोडिएको हवलदारपुरस्थित साढे तीन बिघा क्षेत्रफलमा फैलिएको छ ।


‘ह्याप्पी वल्र्ड वाटर फन एन्ड एम्युज्मेन्ट पार्क’ नाम दिइएको उक्त पार्कमा स्काई साइक्लिङ, जिपप्ले, बुल राइड, जाइन्ट सिरिंग, बाल क्लाइम्बिङ र बच्चाहरूका लागि बञ्जीलगायत सुविधा छन् ।


बाँकेमै पहिलो पटक एक मात्र बुल राइड ह्याप्पी वल्र्डले सञ्चालनमा ल्याएको छ । ‘कोरोना संक्रमणका कारण केही ढिलो गरी पार्क सञ्चालनमा ल्याइएको हो’, पार्क सञ्चालक विजय भण्डारीले भने, ‘यसको निर्माण लागत करिब ३५ करोड रहेको छ ।’


स्विमिङ पुललगायतका अन्य सुविधा कोरोना संक्रमणको जोखिम घटेसँगै सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।


बाँकेमा सञ्चालन तयारीमा रहेका तीनमध्ये सबैभन्दा पहिले निर्माणको काम सुरु गरेको फनपार्क ह्याप्पी वल्र्ड हो । राँझा नजिकको अर्को फनपार्क निर्माणाधीन छ भने योभन्दा पहिले नेपालगन्जको भवनीयापुरको फनपार्क केही समयअघि सञ्चालनमा आइसकेको छ ।


पछिल्लो समय बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रलाई जोडेर मनोरञ्जन हबको रुपमा विकास र विस्तार गर्नुका साथै रोजगारीका लागि युवाहरूलाई अवसर सिर्जना गरी पर्यटन विकासमा सहयोग गर्ने उद्देश्यले यस्ता फनपार्क निर्माण गर्ने क्रम बढेको छ ।