close

ताप्ली गाउँपालिका भवनमा बम बिष्फोट

ताप्ली गाउँपालिका भवनमा बम बिष्फोट

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको ताप्ली गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा अज्ञात समुहले शक्तिशाली बम बिष्फोटन गराई कार्यालयको मुलद्धारमा बम राखेको छ ।


आइतवार बिहान १ बजेतिर शक्तिशाली बम बिष्फोटन गराउँदा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष क्षतिग्रस्त भएको ताप्ली गाउँपालिका अध्यक्ष उद्धबसिंह थापाले जानकारी दिए ।


अज्ञात समुहले उदयपुरको ताप्ली गाउँपालिका– ५ रुपाटारमा रहेको केन्द्रमा बम बिष्फोटन गराएको हो । बम बिष्फोटनबाट ३ वटा कोठा क्षतिग्रस्त भएको जनाएको छ । बिष्फोटनबाट उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राजश्व काउन्टर, योजना शाखामा क्षति पुगेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । बिष्फोटनबाट फर्निचर, कम्प्युटर लगायतको सामान क्षति पुगेको जनाएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालका अनुसार ताप्ली गाउँपालिकाको बन्डमा रहेको नागरिक सहायता कक्षमा बम बिष्फोटन गराएको हो । घटनाको अनुसन्धान भइरहेको छ । कटारीबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली त्यहाँ पुगेको एसपी दाहालले जानकारी दिए ।

 

मुलद्धारमा राखिएको बम डिष्पोज गर्न सदरमुकाम गाईघाटबाट नेपाली सेनाको प्राविधिक टोली घटनास्थल हिडेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिष्फोटन गराइएको बम शक्तिशाली सकेट बम हुन सक्ने अनुमान गरिएको छ । संघीयता कार्यान्वयमा आएसँगै स्थानीय तहको केन्द्रमा बम बिष्फोटन भएको यो घटना नेपालकै पहिलो हो ।

 

बम बिष्फोटनबाट क्षतिग्रस्त भवन गाउँपालिकाले भाडामा लिएको महेन्द्ररत्न माध्यामिक बिद्यालय रुपाटारको हो । गाउँपालिकाले सनिवारदेखि स्वास्थ्य क्षेत्रका लागि आवश्यक पर्ने २७ जना दरबन्दीमा परीक्षा सञ्चालन गर्दै आएको थियो ।


‘पहिलो परीक्षा सकिएकै राति बम बिष्फोटन भयो, अरु धेरै परीक्षा सञ्चालन हुन बाँकी थियो,’ गाउँपालिका अध्यक्ष थापाले भने ।