close

वडाध्यक्षको तलबबाट वडाका चार विद्यालयमा अक्षयकोष

वडाध्यक्षको तलबबाट वडाका चार विद्यालयमा अक्षयकोष

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लोकबहादुर भण्डारीले वडाका ३ वटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।


वडाभित्रका चारवटा विद्यालयमा अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता गरेका भण्डारीले हालसम्म तीन विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।


वडाअध्यक्ष भण्डारीले वडाभित्र रहेका ज्ञानेश्वर माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय र सिद्धेश्वर माध्यामिक विद्यालयमा एक महिनाको तलब (२२ हजार रुपैयाँ) बराबरको अक्षय कोष स्थापना गरेका हुन् । उनले तीनवटै विद्यालयमा एक–एक महिनाको तलव दिएर अक्षयकोष स्थापना गरेका हुन् ।

वडाअध्यक्ष भण्डारीले ज्ञानेश्वर माध्यामिक विद्यालयमा वार्षिकोत्सवको अवसर पारेर सोमवार २२ हजार रुपैयाँको चेक प्रधानाध्यापक तर्कराज भट्टलाई हस्तान्तरण गरे ।


जनपृय आधारभूत विद्यालयमा पनि छिट्टै अक्षय कोष स्थापना गरिने वडाअध्यक्ष भण्डारीले बताए । उनले भने, ‘धेरैजसो विद्यार्थीहरु कापी कलम समेत किन्न सक्दैनन्, प्रथम भएको विद्यार्थी प्रथम हुदाँ पुरस्कार पायो भने अर्कोले समेत मिहिनेत  गर्ने  भएकाले पुरस्कारसमेतका लागि कोष बनाएको हुँ ।’


अक्षयकोषबाट आउने वार्षिक व्याजबाट गरिब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गरिने छ  । वडाअध्यक्ष अक्षयकोष स्थापना गरिनु विद्यालयका लागी सकारात्मक पक्ष भएको ज्ञानेश्वर माविका प्रधानाध्यापक तर्कराज भट्टले बताए ।