close

तयार भयाे देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन 

तयार भयाे देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन 

Trulli
ADVERTISEMENT

धनुषा- प्रधानमन्त्री केपी ओलीले देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन उद्घाटन गरेका छन् ।


ढल्केबर विद्युत् सबस्टेसनको कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुककै सबैभन्दा ठूलो सबस्टेसनको उद्घाटन गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले ४०० केभी क्षमताको विद्युत् सबस्टेसनको उद्घाटन गरेसँगै देशभित्र तथा अन्तरदेशीय विद्युत् आदान-प्रदान सहज हुनेछ । 


४०० केभी सबस्टेसन निर्माणका लागि ८ डिसम्बेर २०१७ मा लिन्कसन इन्डिया प्रालिसँग २ अर्ब २४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

यो सबस्टेसनबाट भारत नेपाल, नेपालभित्रै हेटौंडा-ढल्केबर, इनरुवा-ढल्केबरबीच विद्युत् आदान-प्रदान गर्न सकिनेछ । प्रधानमन्त्री ओलीले सोमबार नै सिराहामा सहिद हेमनारायण यादवको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।