close

१०७ लाई धनपालथानको विद्युतीय मोटर

१०७ लाई धनपालथानको विद्युतीय मोटर

Trulli
ADVERTISEMENT

मोरङ - धनपालथान गाउँपालिकाले १०७ जना स्थानीयलाई अनुदानमा विद्युतीय मोटर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप विद्युतीय मोटर वितरण गर्न लागेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेशकुमार झाले जारी गरेको सूचनाका अनुसार पालिकाले ५० प्रतिशत अनुदानमा १०७ जना स्थानीय बासिन्दालाई विद्युतीय मोटर वितरण गर्न लागेको हो । गाउँपालिकाले जारी गरेको माग सूचनामा आवेदन दिएका व्यक्तिहरुबाट सो छनोट गरेको हो । 

छनोट भएको व्यक्तिले फागुन १० गतेभित्र ५० प्रतिशत रकम दाखिला गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ । सूचनाका अनुसार सम्बन्धित व्यक्तिले ८ हजार २५० रुपैयाँ नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको खातामा जम्मा गर्नसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।