close

भरतपुरमा बल्यो स्मार्ट लाइट

भरतपुरमा बल्यो स्मार्ट लाइट

Trulli
ADVERTISEMENT

चितवन । भरतपुरमा जडान भएका स्मार्ट लाइट बल्न थालेको छ । शनिबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गरेकी हुन् ।

पहिलो चरणमा निर्माण भएका लाइट क्रमश बल्दै जाने छ । पहिलो चरणमा ७८.१ किलोमिटरमा १९ सय ३३ वटा स्मार्ट लाइट जडान भएको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा यो कार्यको थालनी गरेको थियो ।

भरतपुर–२५ बाटै स्मार्ट लाइट जडानको कार्य सुरु गरिएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाइट जडान गरिएको बताइन् ।

दाहालले अब दोस्रो चरणमा १५० किमीमा स्मार्ट लाईट जडानको तयारी गरिएको उल्लेख गरिन् । दोस्रो चरणको स्मार्ट लाइट जडान हुँदा भरतपुरका सबै मूख्य सडकमा स्मार्ट लाइट जडान हुने उनको भनाइ छ । महानगरपालिकाले दशैअघि स्मार्ट लाईट बाल्ने गरी कामलाई अगाडि बढाउन विषेश पहल गरेको थियो ।

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले स्मार्ट लाइटको नियन्त्रण सफ्टवेयरबाट गर्न सकिने भए पनि संकेतिक रुपमा स्वीच थिचेर उद्घाटन गरिएको जानकारी दिए ।

लाइटलाई चकिलो र मधुरो, लाईट बाल्न र खोल्न मोबाईलबाट सकिने छ । लाइटको अवस्थाको बारेमा सफ्टवेयरबाट गर्न सकिने भएकाले मर्मत गर्न र लाईट बन्दै गर्दै हिड्न नपर्ने उल्लेख उनले बताए । अहिलेका सडक बत्तीहरु कर्मचारीबाट फिल्डमै गएर बाल्ने र बन्द गर्नुपर्छ ।