close

भागरथी बलात्कार प्रकरणः हत्या अभियोगीलाई बाल सुधारगृह पठाइयो

भागरथी बलात्कार प्रकरणः हत्या अभियोगीलाई बाल सुधारगृह पठाइयो

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको दोगडाकेदार वडा नम्बर ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ । घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेका भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो । 

 

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो । भागरथीको हत्याका अभियुक्त भट्टलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले बताए । 

 

गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो । २१ माघमा बेपत्ता भएकी भट्टको भोलिपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो । सोही अभियोगमा ४ फागुनमा पक्राउ परेका दिनेशले आरोप स्वीकारिसकेका छन् ।