close

स्थानीय तहमा कर्मचारी सरुवा यथावत

स्थानीय तहमा कर्मचारी सरुवा यथावत

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलये स्थानीय तहमा कर्मचारीको सरुवा यथावत राख्ने निर्णय गरेको छ ।

 

आइतबारको मन्त्रीस्तरीय निर्णयमा लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति पाएका कर्मचारीको सरुवा यथावत राखेको हो ।

 

२९ माघमा मन्त्रालयले लोकसेवा आयोगको सिफारिसमा नियुक्त भई खटिएका कर्मचारीलाई कामकाजका लागि अन्तरस्थानीय तहमा खटाउने निर्णय गरेको थियो ।

 

त्यसका लागि दोहोरो सहमति आवश्यक पर्ने भएपछि अब उक्त प्रक्रिया नै खारेजीमा परेको मन्त्रालयले जनाएको छ । 

 

सम्पूर्ण स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदपूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको र कतिपय स्थानीय तहले विगतमा जारी भएका सहमतिपत्रबाट हाल सरुवा र कामकाजमा नखटाइदिन अनुरोध भएको भन्दै मन्त्रालयले विगतको आफ्नै निर्णय रद्ध गरेको हो ।