close

राज्यको गलत नीतिले विकास आयोजना निर्माणमा ढिलाइ: अध्यक्ष सिंह

बागमती प्रदेश निर्माण व्यवसायी महासंघको प्रथम साधारणसभा

राज्यको गलत नीतिले विकास आयोजना निर्माणमा ढिलाइ: अध्यक्ष सिंह

बागमती प्रदेश निर्माण व्यवसायी महासंघको प्रथम साधारणसभा

Trulli
ADVERTISEMENT

धादिङ- बागमती प्रदेश निर्माण व्यवसायी महासंघको वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार धादिङमा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

 

कार्यक्रममा अध्यक्ष सिंहले विकास आयोजना निर्माणमा राज्यकै नीति नियमले ढिलाइ हुने भए पनि व्यवसायीलाई मात्रै दोष देखाउने प्रवृत्ति गलत भएको बताए ।

 

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा कोभिड र वर्तमान राजनीतिक परिस्थितिका कारणले थप समस्या परेपछि समस्या समाधानका लागि महासंघ नेतृत्व क्रियाशील रहेको जानकारी दिए ।

 

महासंघका महासचिव रोशन दाहालले सहज र सरल तरिकाले निर्माण सामग्री उपलब्ध गराउन सरकारसँग माग गरे । महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले आ-आफनो धारणा राखे । 

 

अधिवेशनले पुनः सुवित श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुतु, उपाध्यक्षमा दीपेन्द्र थापा, महासचिवमा राजकुमार बुढाथोकी, उपमहासचिवमा भक्तबहादुर बस्नेत, सचिवमा कृष्णकुमार केसी, कोषाध्यक्षमा उमेश रिजाल, सह-कोषाध्यक्षमा राजेश भेटवाललगायत चयन भएका छन् ।