close

मेयर कप खेलाउँदै कमलामाई 

मेयर कप खेलाउँदै कमलामाई 

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्बर ६ शिवनगरमा २ दिने दिने तेस्रो मेयर कप प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।  कमलामाई नगरपालिकाको प्रायोजन र जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

 

प्रतियोगिता उद्घाटन गर्दै कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले नगरका युवालाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको बताए । ‘विकास भनेको सडक, विद्युत् मात्र हैन, युवालाई सही बाटोमा हिँडाउनु पनि हो’, उनले भने ।

 

कमलामाई नगरपालिकाले खेलकुदको विकासका लागि युवालाई एकीकृत गर्दै आएको र अब प्रशिक्षक नियुक्त गरेर खेल क्षेत्रलाई ध्यानमा राखिने उनको भनाइ छ । प्रतियोगितामा खुला डबल र भेन्ट्रान इभेन्टका खेल हुने व्यडमिन्टन संघ सिन्धुलीका अध्यक्ष मीनकुमार दाहालले जानकारी दिए ।

 

प्रतियोगितामा खुल्ला डबल (ए) इभेन्टमा १५ टिम, खुला डबल (बी) इभेन्टमा ३२ टिम र भेन्ट्रान इभेन्टमा १० टिमले स्पर्धा गर्नेछन् । प्रतियोगितामा खुला डबल ‘ए’ तर्फ पहिलो हुनेलाई ३० हजार र मेडल प्रदान गरिनेछ । दोस्रो हुनेलाई २० हजार र मेडल एवं तेस्रो हुनेलाई १० हजार रुपैयाँ र मेडल प्रदान गरिने संघ अध्यक्ष दाहालले जानकारी दिए ।


त्यस्तै, खुल्ला डबल ‘बी’ मा पहिलो हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रोलाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो विजेतालाई ५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


भेट्रान इभेन्टमा प्रथम विजेतालाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो विजेतालाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो विजेतालाई ५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष दाहालले बताए ।