close

अग्निपीडित परिवारलाई केपिलासगढीको राहत

अग्निपीडित परिवारलाई केपिलासगढीको राहत

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले अग्निपीडित परिवारलाई राहत प्रदान गरेको छ ।

 

विद्युत् सर्ट हुँदा गत ६ चैतमा भएको आगलागीबाट विस्थापित केपिलासगढीको वडा नम्बर ३ बाँसपानी खोक्माका थामबहादुर राईलाई राहतस्वरूप पाल र नगद २० हजार रुपैयाँ प्रदान गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेवी वनले अग्निपीडित राईलाई जलेको घरमै पुगेर राहत वितरण गरेका हुन् । 
राईको घर तथा घरमा भएका अन्न, भाँडाकुँडा, काठलगायत जल्दा अन्दाजी ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । 

 

राईको घरमा राखिएको सयपत्री आमा समूहको मारुनी नाचहको १०१ वटा थाल, आरी, किट्लीलगायत मालसामान जलेको थियो । 

 

यस्तै, केपिलासगढीको वडा नम्बर ५ सप्तेश्वर पोक्लुका अग्निपीडित हर्कबहादुर राईलाई स्वेच्छिक चन्दा संकलन गरेर राहत प्रदान गरिएको छ । गत १३ चैतमा दिक्तेलमा बसेको एमाले जिल्ला कमिटीको बैठकमा सहभागी नेता तथा कार्यकर्ताबाट २३ हजार ७६५ रुपैयाँ संकलन गरेर राईलाई प्रदान गरिएको हो । 

 

३४ जना दाताबाट संकलन गरिएको राहत रकम एमाले नेता वज्रकुमार राईले पीडितलाई हस्तान्तरण गरे । युवा नेता माईतीराज राईको अगुवाइमा अग्निपीडितको सहयोगार्थ सहयोग संकलन अभियान चलाइएको थियो । १२ चैतको आगलागीबाट राई परिवार विस्थापित भएको हो ।