close

आफ्नै निर्वाचन क्षेत्रमा पर्यटनमन्त्रीलाई कालो झन्डा 

आफ्नै निर्वाचन क्षेत्रमा पर्यटनमन्त्रीलाई कालो झन्डा 

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको कानेपोखरीमा शुक्रबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई स्थानीय युवाले कालो झन्डा देखाएका छन् ।

 

कानेपोखरी वडा नम्बर ६ स्थित रमाइलो बजारमा माओवादी केन्द्रको युवा संगठन वाइसिएल र कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताले मन्त्री ढकाललाई कालो झन्डा देखाएका हुन् ।

 

उनीहरूले मन्त्रीलाई विभिन्न प्लेकार्ड देखाएर नाराबाजीसमेत गरे । एमालेको कानेपोखरी गाउँ कमिटीको नवगठित कार्यसमितिको सपथ कार्यक्रममा जाँदै गर्दा युवाहरूले नाराबाजीसहित कालो झन्डा देखाएपछि मन्त्री ढकाल बाटो परिर्वतन गरी कार्यक्रम स्थल गएका थिए ।

 

पछिल्लो समय ढकालविरुद्ध आफनै निर्वाचन क्षेत्रका मतदाता रुष्ट बनेका छन् । मन्त्री हँुदासमेत आफनो निर्वाचन क्षेत्रमा पाहुनाको रूपमा मात्रै आएको र केही काम नगरेको भन्दै उनीसँग स्थानीय असन्तुष्ट भएका हुन् । ढकालले मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव जितेका हुन् ।