close

सत्ता टिकाउन जसपालाई मन्त्री उपहार

सत्ता टिकाउन जसपालाई मन्त्री उपहार

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले  सत्ता जोगाउन आफ्नो विरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसदलाइ मन्त्री उपहार दिएका हुन् ।

 

अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै  जनता समाजवादी पार्टीका ४ जना मन्त्री भएका छन् ।

 

जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरे ।


नयाँ मन्त्रीहरूमा सन्तोष पाण्डे भौतिक पूर्वाधार, यादव भूमि व्यवस्था तथा कृषि, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले राज्यमन्त्रीको सपथ लिइन् ।

 

प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ ग्रहण गराएका हुन् । मन्त्री बनेका मध्ये कल्पना पाण्डे बाहेक अरु तीनै जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।