close

स्थानीयलाई कोरोना पुष्टिपछि साकेलाकाे बाँझेच्यानडाँडा सिल 

स्थानीयलाई कोरोना पुष्टिपछि साकेलाकाे बाँझेच्यानडाँडा सिल 

Trulli
ADVERTISEMENT

खोटाङ- एकैसाथ २ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि खोटाङको साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडालाई सिल गरिएको छ । ५३ वर्षीय १ जना पुरुष र २० वर्षीय अर्का युवकमा संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको हो ।

 

संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको र त्यसमा परेकाको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्म वडा सिल गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । 

 

कोरोना संक्रमित फेला परेसँगै वडा कार्यालयभित्र प्रवेश गर्न र वडाको क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ । यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले जानकारी दिए ।

 

गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगर पठाइएकामा सोमबार २ जनाको पोजिटिभ रिपोर्ट आएको हो । 

 

काठमाडौंमा अध्ययनरत युवक १५ वैशाख मा र अर्का पुरुष चितवनबाट १६ वैशाखमा घर आएका हुन् । उनीहरू दिक्तेल बजार हुँदै घर पुगेको खुलेको छ ।

 

हाल उनीहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार साकेला गाउँपालिका वडा नम्बर २ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

 

खोटाङका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परीक्षणमा तत्परता देखाएको छ । हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तिको पिसिआर परीक्षणमा ध्यान पु¥याउन सकेका छैनन् ।