close

८८ वर्षीया उपप्रमुख जसले आफैंले बनाएको अस्पताल बसेर कोरोनालाई हराइन् 

८८ वर्षीया उपप्रमुख जसले आफैंले बनाएको अस्पताल बसेर कोरोनालाई हराइन् 

Trulli
ADVERTISEMENT

पर्सा- बलियो आत्मविश्वास भयो भने महामारीलाई सजिलै जित्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन् बिरगञ्ज महानगरपालिका उपप्रमुख शान्ति कार्की । 

 

८८ वर्षको उमेरमा कोरोना लागेपछि उनी आत्तिइनन् र सजिलै जितिन् कोरोना । 

 

सवैभन्दा वढी उमेरकी उपप्रमुख हुन उनी । संक्रमणले ग्रस्त नगरमा रातदिन संक्रमितको सेवामा खट्दाखट्दै उनलाई पनि कोरोनाले समात्यो । 

 

कोरोना लागेपछि महानगरले बनाएको अस्थायी कोरोना अस्पतालको पहिलो बिरामीका रुपमा भर्ना भइन् शान्ति । अन्तत अस्थायी अस्पतालको उपचारपछि उनले कोरोना पराजित गरिन् । कोरोना नेगेटिभ देखिएर डिस्चार्ज गरिएपछि नगरप्रमुख बिजय सरावगीले उनलाई स्वागत गरे । 

 

प्रजातान्त्रिक आन्दोलनमा लामो समय जेल बसेकी शान्ति नेपाली कांग्रेसकी महासमिति सदस्य पनि हुन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले उनलाई उपप्रमुखका रुपमा अघि सार्यो । 

 

उनी कांग्रेस नेता विपी कोइरालादेखि गणेशमान हुँदै गिरिजाप्रसाद कोइरालासम्मका नेतासँगै राजनीतिमा होमिइन् । त्यागी नेताका रुपमा स्थानीय जनताले उनलाइ चिन्ने गरेको स्थानीय पत्रकार तुलसी भण्डारी बताउँछन् । 

 

कोरोनालाई पराजित गरेसँगै नगरवासीका लागि उनी हौसलाकी पात्र बनेकी छन् ।