close

कोरोना भन्दा मलको चिन्तामा कैलालीका किसान

कोरोना भन्दा मलको चिन्तामा कैलालीका किसान

Trulli
ADVERTISEMENT

कैलाली- निषेधाज्ञाका कारण कैलालीका किसान अहिले प्रत्यक्ष मारमा परेका छन् । निषेधाज्ञाले गर्दा वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञाअघि कैलालीका  विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन् ।

 

निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएकाले यहाँका किसान अहिले कसरी धान रोप्ने भन्ने विषयमा चिन्तीत बनेका छन् । खेतमा रोप्नका लागि धानको ब्याड तयार भइसक्यो तर, मल नहुँदा किसानहरु अलमलमा छन् ।  


गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरू यसपाली पनि मल पाइने हो कि नपाइने हो भन्ने असमञ्जसमा छन् । 


कोरोनाले निम्त्याएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन् । विगतका दिनमा मल पर्याप्त पाइने भनिएता पनि मल  समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ । रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलको सहजताको लागि बिक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसानहरू बताउँछन् ।

 

अहिले महामारका कारण मुलुक ठप्प भएको छ । यदी किसानले बेलैमा मल नपउने हो भने  कृषि उत्पादन घटेर भोकमरीको अर्को समस्या आउन सक्ने किसान बताउँछन् ।

 

कैलालीका किसानलाई हरेक वर्ष मलका लागि भौतारिनु पर्ने बाध्यता  छ । विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन् । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ ।