close

कोरोनाको खोपका लागि बजेट छुट्याउन नमानेको भन्दै उपप्रमुखले गरिन् नगरसभा बहिष्कार 

कोरोनाको खोपका लागि बजेट छुट्याउन नमानेको भन्दै उपप्रमुखले गरिन् नगरसभा बहिष्कार 

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिका उपप्रमुखसहित कांग्रेसका तर्फवाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका छन् । 


आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न बसेको नगरसभामा नगरवासीका लागि कोरोना खोप खरिद गर्न बजेट छ्ट्याउन नमानेपछि बहिष्कार गरेको खड्गीले पालिकाखबरलाई बताइन् । 

 

उनले वडाअध्यक्षहरुको माग अनुसार नीति तथा कार्यक्रमलाई वोर्ड वैठकमा हातहातमा उपलव्ध नगराएको, खोपको सुनिश्चितता गर्न नमानेको र विर अस्पताललाई महानगरीय कोभिड अस्पताल बनाउन आफुले गरेको प्रस्ताव नमानेका कारण बैठक बहिष्कार गरेको उनको भनाइ छ ।


कांग्रेसवाट प्रतिनिधित्व गर्ने उपप्रमुखसहति १४ जना वडाअध्यक्षले गतवर्ष पनि नीति तथा कार्यक्रम बहिष्कार गरेका थिए । 


वहिष्कारकै वीच बसेको परिषद् बैठकले काठमाडौंवासीको प्यास मेट्ने मेलम्ची विपतमा परेको भन्दै २ करोड रुपैयाा सहयोग गर्ने निर्णय गरेको छ ।