close

व्यक्तिगत घटना र भत्ता दर्ताको घुम्ती शिविर चलाउँदै साकेला

व्यक्तिगत घटना र भत्ता दर्ताको घुम्ती शिविर चलाउँदै साकेला

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ताका लागि घुम्ती शिविर सुरु गरेको छ ।

 

जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको नयाँ दर्ता, लगत कट्टा तथा गुनासो दर्तासम्बन्धी सेवाका लागि गाउँपालिकाले वडा–वडामा घुम्ती शिविर सुरु गरेको हो । 

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौंको गत २ जेठको निर्देशनात्मक पत्र तथा सामाजिक सुरक्षा शाखा सेवा इकाइको कार्यालय साकेला गाउँपालिका, मानेभन्ज्याङको ३१ जेठको पत्रअनुसार व्यक्तिगत घटना तथा सामाजिक सुरक्षाभत्ता दर्ताका लागि वडा–वडामा घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका एमआइएस अपरेटर डिल्लीमान राईले बताए ।

 

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने उद्देश्यले हरेक वडाका २–२ स्थानमा १० दिने घुम्ती शिविर आयोजना गरिएको हो

 

पालिकाको ५ वडामध्ये हालसम्म साकेला वडा नम्बर १ बाँझेच्यानडाँडास्थित जालपा आधारभूत विद्यालय सेखुवा र चण्डेश्वरी आधारभूत विद्यालय हरेलोडाँडा, वडा नम्बर २ रतन्छाको सरस्वती आधारभूत विद्यालय मबु, वडा नम्बर ४ मात्तिमको मानेभन्ज्याङ आधारभूत विद्यालय मानेगाउँ र नागरिक सचेतना केन्द्र पारुङमा शिविर सम्पन्न भइसकेको छ । 

 

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाभत्ता सुदृढीकरण आयोजनाअन्तर्गत आयोजित शिविरबाट हालसम्म करिब २ सय जना स्थानीयको घटना दर्ता तथा सामाजिक सुरक्षाभत्ताको नयाँ निवेदन र गुनासोसम्बन्धी फाराम संकलन गरिएको एमआइएस अपरेटर राईले बताए ।

 

यस्तै, साकेला गाउँपालिका वडा नम्बर ५ मात्तिमबिर्ता र वडा नम्बर ३ खिदिमामा पनि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षाभत्ता दर्ताका लागि घुम्ती शिविर सञ्चालनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।