close

जनप्रतिनिधि हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोकिएलगत्तै नगरप्रमुखले गरे पदवहाली 

जनप्रतिनिधि हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोकिएलगत्तै नगरप्रमुखले गरे पदवहाली 

Trulli
ADVERTISEMENT

काठमाडौं- सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।


यो आदेशसँगै उनीहरुले आ आफ्नो पालिका पुगेर पद बहाली गरेका छन् । पालिकाखबरले जनप्रतिनिधिलाई पार्टी परित्याग गरेकै आधारमा पदमुक्त गर्ने निर्वाचन आयोगको कदम गैरसंवैधानिक भएको विषयमा समाचार प्रकाशन गरेलगत्तै दुवै जनप्रतिनिधि सर्वोच्च्च पुगेका थिए । 

 

यो पनि...

१४ जनप्रतिनिधिको पद रिक्त गर्ने निर्वाचन आयोगको निर्णय संविधान विपरीत

संविधानले कल्पनै नगरेको विषयमा बनाइयो ऐन

अदालतले संविधानमा नभएको व्यवस्था ऐनमा समेटेर पदमुक्त गनेृ निर्वाचन आयोगको निर्णय प्रथम दृष्टिमै गलत देखिएको भन्दै उनीहरुको पदबहाली गरेको हो । 

 

नेकपा माओबादी त्यागेर एमालेमा गएपछि माओवादीको सिफारिसमा निर्वाचन आयोगले स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त हुने सूचना निकालेको थियो । त्यसविरुद्ध दुईजना जनप्रतिनिधि अदालत पुगेपछि अदालतले अन्तरिम आदेशमार्फत यथाअस्थामा काममा फर्कन भनेको थियो ।