close

हरिनगरले बाँड्यो विपन्न परिवारलाई बाख्रा

हरिनगरले बाँड्यो विपन्न परिवारलाई बाख्रा

Trulli
ADVERTISEMENT

सुनसरी(हरिनगर)- सुनसरीको हरिनगर गाउँपालिकाले स्थानीयको आयआर्जनका लागि २० विपन्न परिवारलाई बाख्रा वितरण गरेको छ ।


गाउँपालिकाको आर्थिक सहयोग र नेपाल राष्ट्र ग्रामीण उत्थान मञ्चको आयोजनामा हरिनगरका ७ वटै वडाका २० किसानलाई बाख्रा वितरण गरिएको मञ्चका कार्यक्रम संयोजक सन्तोष यादवले जानकारी दिए ।


२० विपन्न परिवारलाई कृषि भवन परिसर हरिनगरामा आयोजित कार्यक्रममा बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष उमेश यादवले बताए ।


प्रतिपरिवारलाई एक-एक वटाका दरले बाख्रा उपलब्ध गराइएको हो । ग्रामीण क्षेत्रका महिलाको आर्थिक अवस्था सबल बनाउने उद्देश्यका साथ बाख्रा वितरण गरिएको हो ।


बाख्रा वितरण कार्यक्रममा हरिनगरका उपाध्यक्ष रिमझिमकुमारी भगत, कृषि शाखा प्रमुख लक्ष्मी मेहता, स्थानीयलगायत सहभागी थिए ।