close

तीनपाटनका किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा

तीनपाटनका किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको तीनपाटन गाउँपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरेको छ । पालिकाको कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो ।

 

गाउँपालिकाभित्रका ११ वटै वडामा फलफूलका बिरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख बालकुमारी खड्काले जानकारी दिइन् ।


उनका अनुसार २०१ जना किसानलाई फलफूलका विरुवा वितरण गरिएको छ । उनले भनिन्, ‘एक किसान बराबर २५ वटा बिरुवा वितरण गरेका छौँ ।’


पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आँप, लिची, सुन्तला, कागती, जुनारका बिरुवा वितरण गरेको हो ।


पालिकाभित्रको खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएपछि त्यसलाई पुनः हराभरा बनाउन किसानलाई फलफूलका बिरुवा वितरण गरिएको उनले जानकारी दिइन् ।


बाँझो जग्गालाई उपभोग गरी फलफूल खेतीमा किसानलाई आकर्षित गराउन अनुदानमा बिरुवा वितरण गरिएको पालिकाले बताएको छ ।


पालिकाले बिरुवा वितरणका लागि २ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।