close

पोखराका मेयर जिसीलाई मष्तिस्कघात

पोखराका मेयर जिसीलाई मष्तिस्कघात

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । 

 

बिहीबार दिनभर सामान्य अवस्थामा कार्यालयको काम सकेर फर्किका जिसीलाई शुक्रबार बिहानपख मष्तिस्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । 

 

उनका अनुसार जिसीको सुरुमा मेडिप्लसमा सामान्य उपचारपछि मनिपाल अस्पतालमा लगिएको छ । अवस्था गम्भीर रहेको बताइएको छ ।