close

महाकुलुङमा आन्दोलनको राप, शुक्लागण्डकीमा कर्मचारीमाथि हातपात (भिडियो खबर)

महाकुलुङमा आन्दोलनको राप, शुक्लागण्डकीमा कर्मचारीमाथि हातपात (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै स्थानीय आन्दोलित, सर्सिलामा प्रशासनिक केन्द्र राख्न नहुने स्थानीयको अडान ।

 

२) नवलपुरको मध्यबिन्दु नगरपालिकाले सुविधासम्पन्न भवनबाट सेवा दिन थाल्यो, पाँच करोड दुई लाख लागतमा भवन निर्माण ।

 

३) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले टोलटोलमा मेयर कार्यक्रमअन्तर्गत वडा नम्बर ५ का स्थानीयसँग विकास निर्माणबारे छलफल गर्‍यो, वडामा नयाँ योजना थप गर्न स्थानीयको माग ।

 

४) कोरोना संक्रमित बढ्न थालेपछि झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गर्ने निर्णय, पालिकाले कोरोना परीक्षणको दायरा बढायो ।

 

५) बागलुङको तमानखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पार्‍यो, मेरो तमानखोला पाठ्यपुस्तक यसै शैक्षिक सत्रदेखि लागू ।

 

६) ताप्लेजुङको सिरिजंगा र मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई सार्वजनिक सूचना जारी गर्‍यो, २८ भदौभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने ।

 

७) मोरङको बेलबारी नगरपालिकाले अनलाइन पठनपाठनका लागि नगरका ५० स्थानमा फ्रि वाईफाईको व्यवस्था गर्‍यो, इन्टरनेट पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई सहज हुने ।

 

८) अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चँदाहा खोलामा निर्माणाधीन झोलुंगे पुल बगायो, वडा नम्बर १ र २ जोड्ने पुल बगाउँदा २ करोडको क्षति ।

 

९) भक्तपुर नगरपालिकाले बोल्न नसक्ने नागरिकको सेवामा सहजता ल्याउन कर्मचारीलाई सांकेतिक भाषा तालिम दियो, एक महिने तालिममा सहभागीलाई सांकेतिक भाषाबाट कुराकानी गर्न सिकाइने ।

 

१०) काभ्रेको नमोबुद्ध नगरपालिका ११ नम्बर वडा कार्यालयले वडाको भवन निर्माण गरी सेवा दिन थाल्यो, कुरुगाउँ आधारभूत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण सम्पन्न ।

 

११) अविरल वर्षाका कारण चन्द्रनहर भत्किएपछि सप्तरीको सप्तकोशी नगरपालिकाका चार वटा वडाका तीन सय घर डुबानमा, छिमेकी पालिकाका बस्ती पनि डुबानबाट प्रभावित ।

 

१२) उदयपुरको त्रियुगा नगरपालिकालाई क्लिन सिटी, ग्रिन सिटीपछि अब अक्सिजन सिटी बनाइँदैै १६ वटै वडामा ६० हजार बढी बिरुवा रोप्न सुरु ।

 

१३) दोलखाको जिरी नगरपालिकाले जिरी अस्पतलामा पोषण कार्यक्रम सञ्चालनका लागि करारमा विभिन्न पदका कर्मचारी नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।

 

१४) धनकुटाको महालक्ष्मी नगरपालिकाले बंगुर पकेट क्षेत्रका किसानलाई उन्नत जातका बंगुरका पाठी वितरण गर्‍यो, किसानलाई आर्यआर्जनमा सहयोग पुग्ने ।

 

१५) तनहुँको शुक्लागण्डकी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सुरक्षा प्रत्याभूति नभएसम्म कोरोनाविरुद्धको खोप सेवा सञ्चालन नगर्ने, खोप नपाएको झोकमा शिक्षकले गरेका थिए स्वास्थ्यकर्मी हातपात ।

 

१६) पोखरा महानगरपालिकाको ५१ औं कार्यपालिका बैठक सम्पन्न, मस्तिष्कघात भएर उपचार गराइरहेका नगरप्रमुख मानबहादुर जिसीको उपचार खर्चका लागि महानगरले १० लाख उपलब्ध गराउने निर्णय ।

 

१७) गोरखाको अजिरकोट गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रण गर्न सक्रिय, पालिकाको कार्यालय ७ साउनसम्म बन्द हुने, अत्यावश्यक काम भने पालिकाले स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने ।

 

१८) बागलुङको काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रविष्ट गरी डिजिटल प्रोफाइल तयार पा¥यो, गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि प्रोफाइलले सहयोग गर्ने ।

 

१९) चट्याङ प्रभावित भई सञ्चालनमा समस्या रहेको मेरो साथी एफएमलाई कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक सेट कम्प्युटर प्रदान गर्‍यो, सूचना सम्प्रेषणमा सहयोग पुग्ने ।

 

२०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।