close

शिवराज नगरपालिकाको सम्मान 

शिवराज नगरपालिकाको सम्मान 

Trulli
ADVERTISEMENT

कपिलबस्तु– शिवराज नगरपालिकाले वार्षिक कार्यक्रम अन्तर्गत विधागत रुपमा उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरेको छ । 

 

नगरपालिकाले कोभिड १९ को महामारीको समयमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरे वापत स्वास्थ्यकर्मी अन्नत आचार्यलाई एक सम्मान गरेको प्रशासन शाखा प्रमुख डिल्लीराज भट्टराईले बताए । 

 

सम्मानित हुनेहरुमा उत्कृष्ट कर्मचारी, करदाता, नमुना योजना कला संस्कृति र जेष्ठ नागरिक छन् । उनीहरुलाई जनही १० हजार रपैयाँसहित सम्मानित गरिएको भट्टराईले बताए ।

 

नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् ।  अधिकारीले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नै यो पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।