close

सहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र निफ्राबीच सम्झौता

सहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र निफ्राबीच सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच सहरी पूर्वाधार विकासका लागि सहकार्य समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


सम्झौतापछि बैंकले पाँचखाल नगरपालिकाको सहरी पूर्वाधार विकासअन्तर्गत प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनोटका लागि आवश्यक सहयोग उपलब्ध गराउनेछ ।


यस्तै, सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनसम्बन्धी कार्य अगाडि बढाउन सहयोग गर्नेछ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । 


आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनालाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित उक्त बैंकले पाँचखाल नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।


आगामी दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय तहसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य रहेको बैंकले बताएको छ ।