close

राष्ट्रिय विद्युत प्रसारणसँग जोडियो जुम्ला 

राष्ट्रिय विद्युत प्रसारणसँग जोडियो जुम्ला 

Trulli
ADVERTISEMENT

जुम्ला– लामो समय र प्रयासपछि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण (विजुली) लाइन जुम्लामा पनि जोडिएको छ । 

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए । 

 

उनले प्राधिकरणले कालिकोट जिल्लाबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएको जानकारी दिएका हुन् । प्राधिकरणले कालिकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाडै जोड्ने लक्ष्यअनुसार तीब्र गतिमा काम गरिरहेको थियो । 

 

सोही अनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालिकोट मान्मसम्म लाइन जोड्नुपुर्व लाइनसमेत परीक्षण गरिएको थियो । प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युतको समस्या केही हल हुने आसले जुम्लावासी हर्षित छन् । 

 

जुम्लामा स्थानीय तथा सरोरकारवाला निकायले सामाजिक सञ्जालमा समेत उत्साह थपेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले लामो संघर्षपछि जुम्लामा प्रसारणलाइन जोडिएकोमा खुसी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । 

 

सांसद महतले लामो समयदेखि संसदमा विद्युत प्रसारण लाइन कर्णाली र जुम्लामा जोड्न संसदमै माग गर्दै आएका थिए 


जुम्ला क्षेत्र नम्बर (क)का सांसद तथा कर्णाली सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जुम्ला जिल्ला राष्ट्रिय विद्युत प्राधिकरणमा जोडिएको भन्दै ऐतिहासिक महत्वको बहुप्रतिक्षित कार्यमा योगदान गर्ने समस्त व्यक्तिहरुमा हार्दिक आभार व्यक्त गर्दै खुसी साटेका छन्  । 

 

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले केन्द्रीय विद्युत लाइन जोडिएकोमा खुसी व्यक्त गरे ।  नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले राष्ट्रिय प्रसारणले यहाँको विकासमा थप आशा जगाएको बताए । 

नेपाल विद्युत प्राधिकरण जुम्लाका प्रमुख पाण्डेले सदरमुकाममा बिजुली बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाँडै जोड्ने प्रयासमा प्राधिकरण रहेको जानकारी दिए । प्राधिकरणले दशैसम्म स्थानीय तहका मुख्य स्थानमा विजुली पु¥याउने लक्ष्य लिएको छ । 


विद्युतले यहाँको विकास र समृद्धिमा जोड दिनेमा स्थानीय आशावादी छन् । २०४० सालमा २२० किलोवाटको लघुत्तिबाट निकालिएको विद्युतले काम चलाउ गरिएको जुम्ला विद्युत प्रसारण लाईनको बहुप्रतिक्षामा थियो ।

 

विद्युत नहुँदा ठूला लगानीका उद्योग तथा व्यवसायहरुमा समेत लगानी गर्न समेत सकिएको थिएन । प्राधिकरणले जुम्लाका लागि  ३३ केभीको लाइन दैलख, कालिकोट हुदै बिस्तारमा पनि जोड दिदै आएको छ । प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु (१५० किमी, दुल्लु कालिकोट (६० किमी)  र कालिकोट जुम्ला ८० किलोमिटरमा ३३ केभी प्रशारण लाइन जोड्ने काम भइरहेको छ ।