close

पालिका अध्यक्षलाई लेनदेन मुद्दामा अदालतको पक्राउ पुर्जी

पालिका अध्यक्षलाई लेनदेन मुद्दामा अदालतको पक्राउ पुर्जी

Trulli
ADVERTISEMENT

कास्की- पर्वतस्थित जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल लेनदेन मुद्दामा मुछिएका छन् । पोखराका व्यवसायी ध्रुव थापाले उनलाई लेनदेन मुद्दामा उजुरी गरेका हुन् ।


थापाकै उजुरीका आधारमा मल्ललाई पक्राउ गर्न ३१ साउनमा जिल्ला अदालत कास्कीले पर्वत प्रहरीलाई पत्र पठाएको छ । गाडी किनेर मल्लले थापालाई रकम नदिएको भन्दै थापाले अघिल्लो वर्ष नै मुद्दा दर्ता गराएका थिए ।


२७ चैतमा मल्ललाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो । उनलाई जिल्ला अदालत कास्कीले ६ महिना कैद सजाय सुनाएको छ । 

 

अदालतले पत्र काटेपछि दुई पक्षबीच मिलापत्र भइसकेको पीडित थापाले बताए । ‘पत्र गएको थाहा छैन तर घटना मिलिसकेको छ । हिजै पैसा बुझाएर मिलापत्र भएको छ,’ उनले भने, ‘१० वर्षअघिको केस हो । अर्कोले लगेको गाडीमा उहाँ फस्नुभएको हो ।’ 

 

ब्याजसहित २० लाख रुपैयाँ हिसाबकिताब मिलान हुन बाँकी रहेको उनले बताए । २०७४ को स्थानीय निर्वाचनमा मल्ल जलजला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।