close

माओवादीले तोक्यो गोरखाका पालिकामा इन्चार्ज र अध्यक्ष

माओवादीले तोक्यो गोरखाका पालिकामा इन्चार्ज र अध्यक्ष

Trulli
ADVERTISEMENT

कास्की– नेकपाबाट विभाजित भएपछि माओवादी केन्द्रले गोरखाका सबै स्थानीय तहमा आफ्नो नेतृत्व खटाएको छ । गोरखा माओवादीका लागि पकडको जिल्ला हो । २०७४ को निर्वाचनमा माओवादीले एउटा क्षेत्र एमालेलाई छाडेको थियो भने अरू क्षेत्रमा आफंैले उम्मेदवारी दिएको थियो । 


तत्कालीन वाम गठबन्धनबाट निर्वाचित दुवै प्रदेशसभा सांसद मन्त्री बनेका थिए । स्थानीय तहमा भने एमाले र माओवादीको एकता थिएन । त्यसैले ११ मध्ये ९ पालिका कांग्रेसले जित्यो । २ वटा पालिकामा मात्रै माओवादीले जितेको थियो । संसदीय निर्वाचनपछि पार्टी एकीकरणले गोरखामा पालिका स्तरीय संरचना खासै थिएन । 


अहिले माओवादीले आफ्ना नेतालाई पालिकामा खटाएको हो । सबै पालिकामा इन्चार्ज र अध्यक्ष तोकेको हो । शुक्रबार बसेको जिल्ला समन्वय समितिको पहिलो बैठकले गोरखा नगरपालिकाको इन्चार्जमा कमला नहर्की र अध्यक्षमा कृष्ण रानालाई जिम्मेवारी दिएको छ ।


पालुङटारमा खोपबहादुर कँडेल इन्चार्ज र विवश चिन्तन अध्यक्ष छन् । बारपाक सुलिकोट पालिकामा पालिका अध्यक्ष विष्णु भट्ट नै इन्चार्ज छन् भने नरबहादुर गुरुङ अध्यक्ष छन् ।


सिनान्चोकको इन्चार्जमा नवराज पुडासैनी र अध्यक्ष पूर्णकुमारी कँडेल, आरुघाटको इन्चार्जमा ऋषि खनाल र अध्यक्षमा श्यामकुमार श्रेष्ठलाई तोकिएको छ । गण्डकी गाउँपालिकामा दीपक तिमिल्सिना इन्चार्ज र सीताराम रसाइली अध्यक्ष छन् भने अजिरकोटमा दीपक देवकोटा इन्चार्ज र सुनील परियार अध्यक्षमा चयन भए ।


भीमसेन थापा गाउँपालिका इन्चार्जमा लोकप्रसाद बन्जारा र अध्यक्ष सुजन पाण्डे तथा धार्चेमा छमबहादुर गुरुङ इन्चार्ज र लक्ष्मण गुरुङ अध्यक्ष छन् भने चुमनुब्रीमा निमा लामालाई इन्चार्ज र कुमारी गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । शहीद लखनमा भने इन्चार्ज टुंग्याउन बाँकी छ । अध्यक्षमा कृष्ण चेपाङ चयन भएका छन् ।


जिल्ला संयोजक लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले २० असोजमा वडा सम्मेलन र मंसिरमा पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।