close

कांग्रेस दाङको पालिका अधिवेशन : १० मध्ये ३ पालिकामा सर्वसम्मत

कांग्रेस दाङको पालिका अधिवेशन : १० मध्ये ३ पालिकामा सर्वसम्मत

Trulli
ADVERTISEMENT

दाङ– दाङमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पालिकास्तरीय अधिवेशनको निर्वाचन सकिएको छ । जिल्लाका १० मध्ये ३ वटा पालिकामा सर्वसम्मत नेतृत्व छानिएको छ भने ७ वटामा निर्वाचन भएको हो ।


तुलसीपुर नगर सभापतिमा सुरेश हमाल विजयी भएका छन् । उनी प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । हमालले ३६८ मत प्राप्त गर्दा उनका स्पर्धी कार्कीले २०८ मत मात्रै प्राप्त गरे । सभापति पदमा १५ मत बदर भएका थिए । 


त्यस्तै, उपसभापतिमा कार्की समूहका गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी भए । यो समूहबाट जित्ने उनी पदाधिकारीमा एक्ला उम्मेदवार हुन् । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो ।


घोराही नगर सभापतिका लागि युवा नेता तिलक रावत र निरज गिरी चुनावी मैदानमा उत्रिएका थिए । शनिबार भएको निर्वाचनमा घोराही नगरको सभापतिमा रावत निर्वाचित भए ।


रावत २८६ मत प्राप्त गरी नगर सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी २८ वर्षीय निरज गिरीले १६२ मत मात्रै प्राप्त गरे । रावत र गिरीबीचको मतान्तर १२४ रह्यो । घोराहीमा कुल ४६८ मतदाता रहेकामा ४६२ मत खसेको थियो ।


लमही नगरको सभापतिमा पनि युवा नेता सन्तोष बुढाथोकी निर्वाचित भएका छन् । उनले प्रत्यासी शिवप्रसाद चौधरीलाई २१ मतले पराजित गरे । त्यस्तै, राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्रसिंह भण्डारी निर्वाचित भए । भण्डारीले ६३ मत प्राप्त गरेका थिए । १ सय १३ मतदाता रहेको राजपुरमा सबै मत खसेको थियो ।


गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भएका छन् । सभापतिका प्रत्यासी कृष्णराज पाण्डेले ८१ मत प्राप्त गरे ।  राप्ती गाउँपालिकामा शुक्रबार सर्वसम्मत विद्याशरण चौधरी सभापति बनेका छन् । दंगीशरण गाउँपालिकामा पनि शम्भु गिरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् । गिरीले ७६ मत प्राप्त गरेका थिए भने बुढाथोकीले ४३ मत प्राप्त गरे ।


त्यस्तै, बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेतसहित सम्पूर्ण प्यानल विजयी भएको छ् । निकटतम प्रतिद्वन्द्वी प्रसाराम भुसालको प्यानललाई पराजित गर्दै १५ मतान्तरमा बस्नेत विजयी भएका हुन् । बस्नेतले ६५ मत प्राप्त गरेका थिए भने भुसालले ५० मत ल्याए । शान्तिनगर गाउँपालिकाको सभापतिमा शुक्रबार नै झकल केसीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।


गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भए । सभापतिका प्रत्यासी कृष्णराज पाण्डेले ८१ मत प्राप्त गरे ।  सचिवमा पूर्णप्रसाद चौधरीले ९७ र पोषणराज न्यौपानेले ९१ मत प्राप्त गरी विजयी भए ।


राप्ती गाउँपालिकामा शनिबार नेतृत्वका लागि सहमति भएकाले सभापतिमा विद्याशरण चौधरी गाउँपालिका सभापति बनेका छन् । यस्तै, राजपुरको सभापतिमा नरेन्द्रसिंह भण्डारी निर्वाचित भए । बंगलाचुली गाउँपालिकमा सहमतिबाट जागेश्वर अधिकारी सभापति निर्वाचित भएका छन् ।