close

उत्कृष्ट पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

उत्कृष्ट पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

Trulli
ADVERTISEMENT

काठमाडौं–  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आइतबार सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको हो । चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ । 

 

प्राप्त गानमध्ये उत्कृष्टलाई पुरस्कार दिइने नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्नसकिने नगरपालिकाले जनाएको छ ।