close

कांग्रेसको पालिका स्तरीय निर्वाचन : कतै सर्वसम्मत, कतै मतदान

कांग्रेसको पालिका स्तरीय निर्वाचन : कतै सर्वसम्मत, कतै मतदान

Trulli
ADVERTISEMENT

सत्तारुढ नेपाली कांग्रेसको पालिका स्तरीय निर्वाचन शनिबारदेखि सुरु भएको छ । आउँदो १४ मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि पालिका, प्रदेश हुँदै केन्द्रीय प्रतिनिधि छान्न अहिले पालिकामा चुनाव भइरहेको छ । 

 

पालिका स्तरमा पनि कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारी दिएका छन् । हालसम्म कतै संस्थापन पक्षले बाजी मारेको छ भने कतै नेता पौडेल पक्षले आप्mनो हात माथि पारेको छउम्मेदवारी दिएका छन् । हालसम्म कतै संस्थापन पक्षले बाजी मारेको छ भने कतै नेता पौडेल पक्षले आफ्नो हात माथि पारेको छ ।

 

भक्तपुरमा निर्वाचनबाटै छिनोफानो


भक्तपुर– भक्तपुरको चार वटै नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति चयन भएको छ । आइतबार जिल्लाको विभिन्न स्थानमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचनमार्फत नगरसभापति चयन भएका हुन् । 

 

कुन पालिकामा को विजयी

 

चाँगुनारायण नगरपालिका


चाँगुनारायणमा शिवहरि केसीको समूह विजयी भएको छ । वर्तमान सभापतिसमेत रहेका केसीले प्रत्यासी गोपाल पौडेललाई १३० मतले पछाडि पारेका हुन् । 
केसीले १८८ मत प्राप्त गर्दा पौडेलले ५८ मत पाए । केसी नेतृत्वकै उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सह–सचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भएका छन् ।

 

सूर्यविनायक नगरपालिका

 

सूर्यविनायकको नगर सभापतिमा निशान ढुंगेल नेतृत्वको प्यानल विजय भएको छ । ढुंगेलले प्रत्यासी रवि राणालाई ३८ मतले पछाडि पारेका हुन् । उनले १४४ मत प्राप्त गरे भने राणाले ११२ मत प्राप्त गरे । ढुंगेल कांग्रेस जिल्ला सचिव हुन् भने राणा सूर्यविनायक नगर उपसभापति । ढुंगेलको नेतृत्वमा उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सह–सचिवमा अमीर ढुंगाना र सुरेश केसी विजयी भएका छन् । 

 

भक्तपुर नगरपालिका


भक्तपुरमा भएको चुनावमा राजेन्द्र तमखु नगरसभामा विजयी भएका छन् । उनले प्रत्यासी एवं निवर्तमान सभापति राम कासुलालाई २१ मतले पछाडि पारे हुन् ।तमखुलाई ८९ मत प्राप्त हुँदा कासुलालाई ६८ मत प्राप्त भएको थियो । उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनीलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजीत भैल विजयी भएका छन् ।

 

मध्यपुर थिमि नगरपालिका


मध्यपुरथिमिको कांग्रेस नगर सभापतिमा हरिदास प्रजापति नेतृत्वको समूह विजयी भएको छ । प्रजापतिले प्रत्यासी एवं निवर्तमान सभापति सुरेन्द्र श्रेष्ठलाई १०५ भोटले पछाडि पारे ।

 

प्रजापतिलाई  १९० मत आउँदा श्रेष्ठले ८५ मत प्राप्त गरे । उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापा मगर र रवि घजु तथा सह–सचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन् । 

 

बाजुरामा ९ मध्ये ५ पालिकामा सर्वसम्मत


बाजुरा– कांग्रेस बाजुराको जारी पालिकाका अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको छ । ९ स्थानीय तह रहेको बाजुरामा सबै पालिकामा सर्वसम्मत गराउन खोजिए पनि ५ वटामा भने चुनावबाटै नेतृत्व चयन गरिने भएको होे ।

 

वडा अधिवेशन सम्पन्नपछि पालिका अधिवेशनमा जुटेको कांग्रेस बाजुराले ९ असोजमा बाजुराका स्थानीय तहमा औपचारिक धमाधम मतदान भइरहेको छ ।शनिबारदेखि जारी पालिका अधिवेशन तीन दिनसम्म सञ्चालन हुने देखिएको छ । आकांक्षी धेरै भएकाले सजिलै नतृत्व चयन नहुँदा पालिका अधिवेशन लम्बिएको छ ।


आइतबार सम्पन्न बूढीनन्दा नगरपालिको पालिका अधिवेशनमा डबलबहादुर खड्का सभापतिमा सर्वसम्मत चयन भएका छन् । डम्बर रोकाया र टेकबहादुर रोकाया उपसभापति, पान्सा कार्की कोषाध्यक्ष, नमराज मल्ल र नन्दलाल सार्की सचिव, रामचन्द्र कार्की र ललिचन्द्र भाट सहसचिव रहने गरी ५७ सदस्यीय नगर कार्यसमिति गठन भएको कार्यसमिति सदस्य शिवराज खड्काले जानकारी दिए । २०४६ देखि पार्टीको सक्रिय राजनीतिमा क्रियाशील खड्काले पहिलो पटक नगरको नेतृत्व गर्नेछन् ।


निर्वतमान नगर सभापति छत्रबहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनमा महासमिति सदश्य पदमबहादुर शाही, महाधिवेशन प्रतिनिधि जंगकुमार गिरी, रामबहादुर बोहरा, नगरप्रमुख पदमकुमार गिरी, जिल्ला कार्यसमिति कोषाध्यक्ष नारायण पाध्याय, कार्यसमिति सहसचिव तथा जिल्ला समन्वय प्रमुख नरेन्द्र रोकाया, सदस्य मोहनसिंह कार्कीलगायतका नेता तथा कार्यकर्ताले पालिका स्तरीय निर्वाचनमा सक्रिय सहभागिता जनाएका थिए ।

 

जगन्नाथ गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । सुन्दर विष्ट सभापति, काला विष्ट र सैना डँडाल उपसभापति, छक्कीलाल भण्डारी सचिव र नवीन विष्ट सहसचिव रहने गरी गाउँ कार्यसमिति गठन भएको कांग्रेस नेता जयबहादुर रोकायाले जानकारी दिए ।

 

बूढीगंगा नगरपालिकामा जयराज उपाध्याय सभापति चुनिएका छन् । उपसभापतिमा डम्बरसिंह र दयाराम खाती चुनिएका छन् भने मीनबहादुर रावल सचिवमा निर्वाचित भएका छन् ।

 

गौमूल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा सर्वसम्मत चयन भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा हर्क रावत सभापतिमा सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न पालिका स्तरीय अधिवेशनमा रावत सभापति रहने गरी ४२ सदस्यीय कार्यसमिति चयन भएको हो ।

 

त्यस्तै, त्रिवेणी नगरपालिकामा नगर सभापतिमा सुरेन्द्र गिरी र गोविन्द सिंह गिरीले एकअर्कालाई समर्थन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको हो । मत परिणाम आउन ढिलाइ भएको छ ।

 

स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार पालिका अधिवेशन सञ्चालन भएको छ । गाउँ कार्यसमिति सभापति कार्तिके विकको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनमा पूर्वभू्मिसुधार सहायक मन्त्री जनकराज गिरीले सहभागिता जनाएको कांग्रेस बाजुराका युवा नेता सरोज शाहीले जानकारी दिए । अधिवेशनको सोमबार बिहानबाट बन्दसत्र सुरु भएको छ । बाँकी रहेका पालिकामा पनि चाँडै नेतृत्व छनोट भइसक्ने कांग्रेस बाजुराले बताएको छ ।


 
त्रिवेणी नगरपालिकाको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विजयी भएको छ । आइतबार सम्पन्न मतदानमा त्रिवेणी नगर कार्यसमिति सभापतिदेखी सबै पदाधिकारी पौडेल प्यानलबाट विजयी भएका हुन् । सभापतिमा सुरेन्द्रराज गिरी र देउवा समूहका गम्भीरसिंह बुढाबीच सहमती हुन नसकेपछि मतदान भएको थियो ।


त्रिवेणी नगरपालिकामा भएको मतदानमा विजयी हुने पौडेल पक्षका सुरेन्द्र गिरीले ८० मत र देउवा प्यानलका साउदले ६९ मत ल्याए ।  उपसचिवमा भएको मतदानमा पौडेल पक्षकै टेकबहादुर साउद८० मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्द्वी जगतसाउदले ८ मत प्राप्त गरे ।

 

सचिवमा पौडेल पक्षकै गणेश साउदले ८२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी खगेन्द्र साउदले ६५ मत प्राप्त गरे । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा पनि यसअघि विवाद चर्किएको त्रिवेणीको पालिका अधिवेशनमा सहमति जुट्न नसक्दा मतदान भएको हो । 

 

वडा कार्यालयका कर्मचारी अधिवेशनमा खटिँदा सेवाग्राहीलाई सास्ती

 

बाजुराकोे त्रिवेणी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका सबै कर्मचारी कांग्रेसको नगर अधिवेशनमा खटिएपछि स्थानीय सेवाग्राहीले सेवा पाउन सकेनन् ।


वडाका कर्मचारी वडा कार्यालयको काम छाडेर अधिवेशनमा गएपछि वडा कार्यालयबाट हुने प्रशासनिक काम प्रभावित भएको हो । आइतबार कुनै पनि कर्मचारी कार्यालयमा नआएपछि सेवाग्राहीले कार्यालयमै तालाबन्दी गरिदिएका छन् । वडा कार्यालयमा ५ कर्मचारीमध्ये ४ कर्मचारी काँग्रेसको नगर अधिवेशनमा गएका र १ जना कार्यालय सहयोगी मात्रै कार्यालयमा रहेको स्थानीयले बताए ।

 


जुम्ला कांग्रेसमा नगर सभापतिको मत गणना जारी



जुम्ला– जिल्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा कांग्रेसको पालिका स्तरीय निर्वाचन प्रक्रिया सुरु भएको छ । नगर सभापतिमा सहमति हुन नसकेपछि निर्वाचनमा जानु परेको पार्टी सचिव कार्मा बुढाले बताए ।

 

देउवा पक्षबाट अंगराज चौलागाई र पौडेल पक्षबाट रवि थापा नगर सभापतिका उम्मेदवार हुन् । । दुई उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । 

 

देउवा पक्षबाट जयबहादुर रावल र नितेश शाहीको उम्मेदवारी परेको छ भने पौडेल पक्षबाट अंगिता खत्री (उपाध्याय) र धर्मराज देवकोटाको उम्मेदवारी परेको सचिव बुढाले बताए । 

 

यसैगरी दुई सचिव पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । देउवा पक्षबाट अर्जुन आचार्य एक्लो उम्मेदवार छन् । पौडेल पक्षबाट मक्करबहादुर रावल र हस्त सार्कीको उम्मेदवारी परेको छ ।

 

दुई सहसचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । देउवा पक्षबाट धनाकुमारी थापा र मकर बुढथापा छन् । पौडेल पक्षबाट चन्द्रबहादुर रावत र शुरबहादुर भण्डारीको उम्मेदवारी परेको नेता गौरीनन्द आचार्यले जानकारी दिए ।  मतदान सम्पन्न हुनासाथ मत गणना गरी सोमबार राती नै परिणाम प्रकाशित गरिने उनले बताए ।  नगरको नेतृत्व चयन गर्न १७२ मतदाता छन् । २ जना जिल्लाबाहिर रहेकाले १ सय ७० जनाले मात्र मतदान गर्न पाउनेछन् । 

 

चार पालिकामा सर्वसम्मत 

 

कांग्रेस जुम्लाले चार वटा स्थानीय तहको सभापति सर्वसम्मत चयन गरेको छ । गुठीचौर, हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकाको पालिका सभापति सर्वसहम्मत चयन भएका हुन् । कनकासुन्दरीमा लालु बुढा, सिंजामा गोविन्द शर्मा, गुठीचौरमा टेकबहादुर भण्डारी र हिमा गाउँपालिकामा नरबहादुर शाही पालिका सभापति चयन भएका हुन् ।

 

चन्ददननाथ नगरपालिकासहित तीन गाउँपालिकामा सभापति चयन प्रक्रिया चलिरहेको पार्टी सभापति दीपबहादुर शाहीले बताए । पातारासी, तातोपानी र तिला गाउँपालिकामा सभापति चयनका लागि मतदान भइरहेको छ ।

 

भक्तपुरबाट विपना मुसिख्वाल, बाजुराबाट जीवन कैला, जुम्लाबाट मानदत्त रावल