close

चितवनका ७ पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन, अधिकांश नयाँ अनुहार

चितवनका ७ पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन, अधिकांश नयाँ अनुहार

Trulli
ADVERTISEMENT

चितवन– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका ७ पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।


 
आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गरे । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याएका थिए । 

 

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी भए । उनीहरुले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी भएका हुन् । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी भएका छन् । उनीहरुले क्रमशः ४५६ र ५६४ मत ल्याएका थिए । 

 

सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । उनीहरुले क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बने । रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी भए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गरे । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गरे । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भएका छन् ।


 
पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी भएका छन् । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गरेका हुन् । उनले ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गरे ।


 
यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी भएका छन् । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भएका छन् । राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी भए । उनले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गरेका हुन् । लामाले १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याएका छन् । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी भए । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी भएका छन् । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भए ।


 
खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् । मत परिणामअनुसार उहाँको प्रतिस्पर्धी शशी खनियाँलाई पराजीत गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १४५ मत ल्याएर विजयी हुँदै गर्दा खनियाँले १४२ मत ल्याएका छन् ।


 
माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गरेका हुन् । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भएका छन् ।


 
जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजीत गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कूल मतमध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएका हुन् । कुँवरले ६२ मत प्राप्त गरेका छन् । 

 

उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका छन् । जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो ।