close

तीन महिनापछि डोटीमा बल्ल प्रजिअ

तीन महिनापछि डोटीमा बल्ल प्रजिअ

Trulli
ADVERTISEMENT

डोटी– गृह मन्त्रालयले  डोटीमा  प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो । निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शंकररबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज गरेका थिए ।

 

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए ।