close

कांग्रेस गोरखा सभापतिमा न्यौपाने सर्वसम्मत

कांग्रेस गोरखा सभापतिमा न्यौपाने सर्वसम्मत

Trulli
ADVERTISEMENT

गोरखा– नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन भएका हुन् । 

 

त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव थिए ।  उनलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध थिए । 

 

नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए ।