close

अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ को मृत्यु, १६ घाइते 

अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ को मृत्यु, १६ घाइते 

Trulli
ADVERTISEMENT

अछाम– अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकामा आइतबार राती भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने गाडी चालक
सहित १६ घाइते भएका हुन् ।


मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षीय सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


यस्तै, सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ । घाइते १६ मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।


जिल्ला अस्पताल अछामका अनुसार अस्पताल ल्याइएका १३ घाइतेमध्ये १ जनाको उपचारका क्रममा निधन भएको छ भने बाँकीको उपचार भइरहेको छ । घाइतेमध्ये हाडजोर्नी उपचारका लागि १ जनालाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने थप १ जनालाई पनि रेफर गर्ने तयारी भइरहेको जिल्ला अस्पताल अछामका डा. प्रेमप्रसाद ढुंगानाले बताए । 


घाइतेमध्य वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो । से१च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।


जीप दुर्घटनामा घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षीय जगत विक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षीय प्रेम नेपाली रहेका छन् । यस्तै, १८ वर्षीय सन्तोष ढकाल, १९ वर्षीय दीपेन्द्र धामी, २२ वर्षीय उपेन्द्र शाही रहेका छन् । घाइतेमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ ।