close

प्रसाद ग्रहणका लागि उपस्थित भइदिन चिसंखुगढीको अनुरोध

प्रसाद ग्रहणका लागि उपस्थित भइदिन चिसंखुगढीको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले गाउँपालिकाभित्रका कर्मचारी, शिक्षक र पालिकाबासीलाई प्रसाद ग्रहणका लागि उपस्थित भइदिन अनुरोध गरेको छ । 

पालिकाले एक सूचना जारी गरी आइतबार धन्वन्तरि दिवसका दिन धन्वन्तरि पूजा गर्ने भएकाले उपस्थित भई प्रसाद ग्रहणका लागि अनुरोध गरेको हो । 

‘यही २०७९/०७/०६ गते आइतबार यस चिसंखुगढी गाउँपालिका आर्युवेद शाखामा भगवान् धन्वन्तरि दिवस भव्यताका साथ पूजापाठ गरी मनाउने कार्यक्रम रहेको हुँदा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, शिक्षकलगायत सम्पूर्ण गाउँपालिकावासीहरु यस कार्यालयमा बिहान ८ बजे उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन अनुरोध गरिन्छ ।’