close

अनाधिकृत साइन बोर्ड हटाउँदै महानगर

अनाधिकृत साइन बोर्ड हटाउँदै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यापारी प्रयोजनका लागि संघ संस्थाले अनाधिकृत रुपमा राखेका होर्डिङ र साइन बोर्ड हटाउने भएको छ। मापदण्डको आकारभन्दा ठूलो तथा कर नतिरेका बोर्ड हटाउन लागिएको महानगरपालिकाले जनाएकाे  छ। महानगरले असोज ७ गते यस्ता साइन बोर्ड हटाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । 

महानगरपालिकाले बोर्ड हटाउन टोली समेत खटाइ सकेको छ । महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार बोर्ड हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा टोलीलाई सम्झाएर पठाइएको बताए। 'यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ,’ उनले भने  ‘३० वर्गफुटभन्दा ठुला आकारका सबै बोर्ड हटाइने छ।'

अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिने उनले बताए। व्यावसायिक स्थलमा कुल ३० वर्गफुटभन्दा बढी बोर्ड भेटिए बाँकी सबैलाई हटाइने उनले बताए। उनले भने, 'सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै बोर्ड हटाइनेछ ।’ 

मापदण्ड पुगेका बोर्डहरुको सम्बन्धित वडा कार्यालयमा राजस्व शुल्क बुझाउन समेत उनले अनुरोध गरेका छन् ।