close

नलगाडमा मेडिकल अधिकृतको लागि जागिरको अवसर

नलगाडमा मेडिकल अधिकृतको लागि जागिरको अवसर

Trulli
ADVERTISEMENT

जाजरकोट ।  त्रिवेणी नलगाड नगरपालिकाले सेवा करारमा मेडिकल अधिकृतको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मेडिकल अधिकृतको लागि दरखास्त आव्हान गरेको हो । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र नगर कार्यपालिकामा आवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरेको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमविविएस उत्तीर्ण गरी मेडिकल काउन्सिलमा दर्ता भएका व्यक्तिले आवेदन दिन पाउने पालिकाले जनाएको छ । फाराम नगरपालिकाको वेभसाइटमा पाइने सूचनामा उल्लेख गरिएको छ ।