close

विद्यालय नर्सको लागि रोजगारीको अवसर

विद्यालय नर्सको लागि रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

गोरखा । गोरखा नगरपालिकाले विद्यालय नर्स कार्यक्रमका लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ६ जना विद्यालय नर्स माग गरेको हो । 

सूचना अनुसार विद्यालय स्वास्थ्य तथा नर्स सेवा कार्यक्रमको लागि ६ जना विद्यालय नर्स माग गरेको हो । नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ विषयमा प्रविणता तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

इच्छुक व्यक्तिले नगरपालिकाले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ ।