close

धनगढीमाईले एक्साभेटर तालिम सञ्चालन गर्दै

धनगढीमाईले एक्साभेटर तालिम सञ्चालन गर्दै

Trulli
ADVERTISEMENT

सिराहा । धनगढीमाई नगरपालिकाले एक्साभेटर तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो तालिम सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार साधारण लेखपढ गर्न जानको व्यक्तिलाई पालिकाले सो तालिम सञ्चालन गर्न लागेको हो । तालिममा २० जना स्थानीय बासिन्दालाई सहभागी गराइने नगरपालिकाले जनाएको छ । 

तालिममा सहभागी हुन चाहने व्यक्तिले चैत्र १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । तालिम चैत्र २० गतेदेखि सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।