close

५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्दै खनियाबास

५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्दै खनियाबास

Trulli
ADVERTISEMENT

धादिङ । खनियाबास गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वर्षे धानको वीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अनुदानमा धानको वीउ वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले धानको वीउ वितरण गर्ने जनाएको हो । कार्यक्रममा सहभागी हुन चैत्र २० गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

सम्बन्धित वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।