close

तरकारीको वीउ उत्पादन गर्दै भीमेश्वर

तरकारीको वीउ उत्पादन गर्दै भीमेश्वर

Trulli
ADVERTISEMENT

दोलखा । भीमेश्वर नगरपालिकाले तरकारी वीउ उत्पादन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत अनुरुप तरकारीको वीउ उत्पादन कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था तथा फार्मले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने  नगरपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।