close

बाग्लुङमा कृषक लक्षित कार्यक्रम

बाग्लुङमा कृषक लक्षित कार्यक्रम

Trulli
ADVERTISEMENT

बाग्लुङ । बाग्लुङ नगरपालिकाले कृषक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कृषक लक्षित कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार ५० प्रतिशत अनुदानमा सामुहिक तथा सहकारी खेती प्रर्वद्धन र जैविक खेती प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न लागेको छ । साथै क्षेत्रफल तथा उत्पादनको आधारमा प्रोत्साहन अनुदानमार्फत मसला बाली प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न लागेको छ । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि सहकारी तथा समूहले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । कार्यक्रम चालू आर्थिक वर्षका लागि स्वीकृत भएको नगरपालिकाले जनाएको छ ।